Section 5
समितिको गठन सम्बन्धी व्यवस्था
(१) स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धमा समन्वयात्मक रूपले काम गर्नका लागि देहाय बमोजिमको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति गठन हुनेछः-
(क) मन्त्रालयको सचिवले तोकेको मन्त्रालयको बाह्रौं तहको कर्मचारी एकजना - अध्यक्ष
(ख) मन्त्रालयको सचिवले तोकेको मन्त्रालयको सम्बन्धित महाशाखा प्रमुख एकजना - उपाध्यक्ष
(ग) प्रतिनिधि (कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणी), गृह मन्त्रालय - सदस्य
(घ) अध्यक्ष वा निजले तोकेको प्रतिनिधि, नेपाल मेडिकल काउन्सिल - सदस्य
(ङ) अध्यक्ष वा निजले तोकेको प्रतिनिधि, नेपाल नर्सिङ परिषद्‌ - सदस्य
(च) अध्यक्ष वा निजले तोकेको प्रतिनिधि, नेपाल चिकित्सक संघ -सदस्य
(छ) अध्यक्ष वा निजले तोकेको प्रतिनिधि, नेपाल स्वास्थ्य प्राविधिक संघ -सदस्य
(ज) अध्यक्ष वा निजले तोकेको प्रतिनिधि, नेपाल आयुर्वेद चिकित्सक संघ - सदस्य
(झ) अध्यक्ष वा निजले तोकेको प्रतिनिधि, नेपाल नर्सिङ संघ -सदस्य
(ज) अध्यक्ष वा निजले तोकेको प्रतिनिधि,एशोसिएशन अफ प्राइभेट हेल्थ इन्ष्टिच्यूट अफ नेपाल - सदस्य
(ट) मन्त्रालयको सचिवले तोकेको मन्त्रालयको राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको अधिकृत -सदस्य-सचिव

(२) .....
(३) समितिको सचिवालय मन्त्रालयमा रहनेछ ।
(४) समितिको सचिवालयको लागि आवश्यक पर्ने कर्मचारी मन्त्रालयले उपलब्ध गराउनेछ ।
(५) समितिको बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।